ताजा समाचार

घाँटी रेटेर श्रीमतीको हत्या गर्दै साईकलमा टाउको बोकेर प्रहरीमा आत्मसमर्पण

बाँके, २६ असार । बाँकेमा एक व्यक्तिले आफ्नै श्रीमतीको घाँटी रेटेर हत्या गरेका छन् । बाँकेको कोहलपुर–४ बेलनापुरका २९ वर्षीय अहमद अफताब बेडुवाले श्रीमतीको घाटी रेटेर हत्या गरेका हुन् । बेडुवाले २६ वर्षीया श्रीमती फूलचन बेडुवाको हत्यापछि टाउकोसहित इलाका प्रहरी कार्यालय कोहलपुरमा पुगेर आत्मसमर्पण गरेका छन् ।

राति १० बजे श्रीमतीको हत्या गरेका बेडुवा साइकल चढेर टाउकोसहित प्रहरी कार्यालय पुगेका थिए । उनको घर र प्रहरी कार्यालयबीचको दूरी २० मिनेटको अन्तरमा रहेको बताइएको छ ।

‘सधैंभरि किचकिच र झगडा गरेर सताउने बाहेक केही गरिन, त्यसैले हत्या गरिदिएँ’ भन्दै उनी टाउकोसहित इलाका प्रहरी कार्यालय आएको प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

बडुवाका दुई श्रीमतीमध्ये उनले जेठीको हत्या गरेका हुन् । ज्यामी काम गरेर जीविकोपार्जन गर्दै आएका उनीसहित उनको कान्छी श्रीमतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जेठी श्रीमतीतर्फकी ७ महिने छोरीको पनि प्रहरीले उद्धार गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org