ताजा समाचार

१५ वर्षपछि फेरी अमरनाथ यात्रामा आतंकवादी हमला, ७ जनाको मृत्यु

काठमाडौं, २७ असार । भारत प्रशासित कास्मिरमा तिर्थयात्री बोकेको बसमा आतंकवादी हमला हुँदा ७ जनाको ज्यान गएको छ । १९ जना घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पाँच जना महिला रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् । अनंतनाग जिल्लामा विद्रोहीले यात्रुलाई लक्षित गरी आक्रमण गरेको प्रहरीले जनाएको छ ।

विद्रोहीले आक्रमण गर्दा बसमा ५६ यात्रु थिए । उनीहरु गुजरातका र महाराष्ट्रका हुन् । प्रहरीका अनुसार अमरनाथ दर्शनका लागि हिँडेका भक्तजनमाथि आक्रमण भएको हो । यो आक्रमण भएको झण्डै एक घण्टा पछि कास्मिरमा इन्टरनेट सेवा बन्द गरिएको छ । घटनाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा मुख्य मन्त्रीले भत्सर्ना गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org