एकाबिहानै पाल्पा सदरमुकाममा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित
पाल्पा, २७ असार । पाल्पामा एकाबिहानै बम विष्फोट भएको छ। तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ।
आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन्। तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन्।
बम कसले, किन विष्फोट गराएको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताए। आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ। विप्लव नेतृत्वका कार्यकर्ताले गराएको हुनसक्ने प्रहरीको अनुमान छ।
यद्यपि बम विष्फोट भएको ठाउँमा कुनै पनि पार्टी वा व्यक्तिको परिचय खुल्ने पर्चा, पम्पलेटसमेत केही पनि नभेटिएको प्रहरीको भनाइ छ। सदरमुकाम तानसेनमा बन्दको प्रभाव परेको छ।
Comments
अरु समाचार
-
दुई सय ७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै
काठमाडौँ, ९ असोजः एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट...
-
राष्ट्रपति भने-चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ
काठमाडौँ, ९ असोजः राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको...
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...