ताजा समाचार

इन्धन भर्नको लागि प्रयोग गरिने अमेरिकी सेनाको विमान दुर्घटना, १६ जनाको मृत्यु

काठमाडौं, २७ असार । अमेरिकी सेनाको विमान दुर्घटना हुँदा १६ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा केसी–१३० विमान दुर्घटना भएको अमेरिकी सैन्य अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

उडानकै क्रममा अन्य विमानमा इन्धन भर्नका लागि उक्त विमान प्रयोग हुने गर्दथ्यो । दुर्घटना हुनुको कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् । विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको देखिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org