भरतपुर प्रकरणले पाठ सिकायो: अब मतगणनामा एक जनामात्र प्रतिनिधि जान पाउने
काठमाडौं, २८ असार । निर्वाचनको मतगणना भइरहेको स्थानमा अब निर्वाचनको काममा खटिएका कर्मचारीबाहेक राजनीतिक दलका तर्फबाट उम्मेदवारको एक मात्र प्रतिनिधिले प्रवेश पाउने भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा उम्मेदवार वा निजले तोकेको एक जना प्रतिनिधि मात्र मतगणना स्थानमा जान पाउने व्यवस्था प्रस्ताव गरेपछि यो अवस्था आएको हो ।
यसअघि निर्वाचन अधिकृतले अनुमति दिएको अवस्थामा एकभन्दा बढी जनप्रतिनिधि जान पाउने व्यवस्था थियो । तर, संख्या तोकिएको थिएन । मतगणना स्थलमा उम्मेदवारका प्रतिनिधिकै कारण पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएको घटना सेलाउन नपाउँदै सरकारले संसद्मा दर्ता गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयकमा यस्तो व्यवस्था गरिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...