ताजा समाचार

राजधानीमा प्लास्टिकको चामल नेपाल पुग्योः बिक्री गर्दैगर्दा एक व्यापारी पक्राउ

काठमाडौं, २८ असार । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भु सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन्धान अघि बढाएको थियो ।

चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अघि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो । काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org