ताजा समाचार

ओली भन्छन्, ‘दिमाग फोहर र जाँड खाएर ढलेको छ भने बाटो चौडा भएर केही हुँदैन’

काठमाडौं, ३० असार । निर्वाचित काठमाडौँ महानगरपालिकाको बजेट पेश गर्नेसहितको कार्यसूची भएको पहिलो नगरसभाको बैठकमा भारतबाट पैसा ल्याएको कुरा उठ्यो। कुरा उठाउने व्यक्ति थिए सभाका प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। नगरसभाका निर्वाचित पदाधिकारीहरुलाई ढाँट्ने, छल्ने काम नगर्न उपदेश दिने क्रममा उनले भने, ‘केही सञ्चार माध्यम त्यस्तै छ। केपी ओलीले भारतबाट पैसा ल्यायो भनेर लेखेछन्।’

उनले अगाडि भने, ‘केही अनलाइन खबर छन् केही नामका जो सुसूचित हैन भ्रम फैलाउने आपराधिक काम गर्छन्। कमेन्ट गर्न फेक आइडी बनाउँछन्। पत्रकारले त्यो मैले लेखेको हो भन्नसमेत सक्दैन।’

लोकतान्त्रिक अभ्यासमा अलिकति काँचोपना देखिएको कुरा उठाउँदै उनले भने, ‘यसलाई परिपक्व बनाउनै पर्छ।’ ओलीले नगरसभाका पदाधिकारीहरुलाई आफ्नो नीति तथा कार्यक्रममा युएनको दीगो विकासका लक्ष्यका रुपमा रहेका पाँच स्तम्भलाई आधार मान्न पनि सुझाव दिए। ‘राजधानीले नेतृत्व गर्नुपर्छ, नमूना बनाएर काम गर्नुस्,’ उनको निर्देशन थियो। दिमाग फोहर छ, जाँड खाएर ढलेको छ भने बाटो चौडा भएर केही नहुने उनको तर्क थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org