ताजा समाचार

नेपालको सीमामा जासूसी गर्न गर्न भारतीय एसएसबीमा पनि ‘गुप्तचर विभाग’

काठमाडौं, ३० असार । भारतले नेपालको सीमा निगरानी गर्न छुट्टै गुप्तचार विभाग गठन गर्नका लागि अनुमति दिएको छ । भारत सरकारले भारतीय सीमा सुरक्षा बल (एसएसबी) भित्रबाट छुट्टै गुप्तचर विभाग गठन गर्नका लागि अनुमति दिएको हो । एसएसबीभित्र गठन हुने गुप्तचर विभागले नेपालसँगै भुटानको सीमा निगरानी गर्नेछ ।

यो निर्णयसँगै एसएसबीलाई खुफिया सूचना संकलनका लागि ६५० वटा पोष्ट खडा गर्ने अनुमति मिलेको छ । अधिकारीहरुका अनुसार यसले एसएसबीको कार्यक्षमता बृद्धि हुनेछ । खुला सीमा रहेको यस क्षेत्रमा एसएसबीलाई आफ्नै गुप्तचर विभाग चाहिएको भन्दै सरकारलाई माग गरिएको थियो ।

खुला सीमाका कारण यस क्षेत्रमा आइएसआई, विद्रोही, अराष्ट्रिय तत्व, अपराधी तथा तस्करहरुको गतिविधि बढेको तर्क एसएसबीले प्रस्तुत गरेको थियो । यसका लागि विस्तृत सीमा व्यवस्थापन र सूचना संकलन आवश्यक रहेको एसएसबीले बताएको छ । एसएसबीले गृहमन्त्रालयलाई पठाएको उक्त प्रस्तावलाई सरकारले लागु गर्न अनुमति दिएको भारतीय सञ्चार माध्यमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org