प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आज संसदीय सुनुवाइ, नाम अनुमोदन करिब निश्चित
काठमाडौं, १ साउन । प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आज संसदीय सुनुवाइ हुँदैछ । संसद् सचिवालय सिंहदरबारमा बिहान ८ बजे पराजुलीलाई सुनुवाइका लागि बोलाइएको छ। समितिले आजै पराजुलीको नाम अनुमोदन गर्ने वा नगर्ने सम्वन्धी निर्णय गर्नेछ ।
पराजुलीविरुद्ध समितिमा कुनै पनि उजुरी परेको छैन। समितिमा कुनै पनि उजुरी समेत नरहेको अवस्थामा पराजुलीको नाम अनुमोदन करिव निश्चित छ। समितिले नाम अनुमोदन गरेमा उक्त जानकारी संवैधानिक परिषदलाई दिइनेछ। संवैधानिक परिषदले सिफारिस र सुनुवाइको व्यहोरासहित नियुक्तिका लागि राष्ट्रपति समक्ष पेस गर्नेछ। संवैधानिक प्रावधान अनुसार प्रधानन्यायाधीशको नियुक्ति र शपथ राष्ट्रपतिबाट हुनेछ।
संवैधानिक परिषदले पराजुलीलाई असार १५ गते प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। पराजुलीको शैक्षिक योग्यता र उमेर विवादमा केही समय प्रमुख प्रतिपक्ष दलको असन्तुष्टिका कारण सिफारिस रोकिएको थियो। तर, दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिए लगत्तै उनको सिफारिस भएको थियो।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...