ताजा समाचार

एक अमेरिकी नागरिकलाई इरानमा १० वर्ष जेल सजाय

काठमाडौं, २ साउन । इरानमा एक अमेरिकी नागरिकलाई १० वर्ष जेल सजाय सुनाईएको छ । जासुसी गरेको आरोपमा ३७ वर्षीय सियु वाङलाई १० वर्षको जेल सजाय सुनाईएको इरानको सरकारी टेलिभिजनले जनाएको छ । सरकारी टेलिभिजनले सियुलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।

अमेरिकी र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको इरानलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झण्डै चार हजार पाना दस्तावेज डिजिडल अर्काइब पनि गरिएको इरानले जनाएको छ । इरानका अनुसार झण्डै ७० जना जासुसीको आरोपमा पक्राउ परेका छन् र ती मध्ये केहीको नाम मात्र सार्वजनिक गरिएको छ ।

अमेरिकाले भने झुठो आरोपमा पक्राउ परेका आफ्ना नागरिकलाई रिहा गरिदिन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालार्य तत्काल रिहा गर्न भनेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org