ताजा समाचार

सरकारी बजेटमा नेता र हाकिमकोे मोजमस्ती, धादिङको अनुगमन गर्दा बास बस्न चितवन पुगे

धादिङ, २ साउन । आर्थिक बर्ष २०७३/०७४ मा सञ्चालित कार्यक्रमको अनुगमन गर्ने बहानामा धादिङका सबै जसो सरकारी कार्यालयका प्रमुख चितवन पुगेका छन् ।

धादिङका तीनवटा सरकारी कार्यालयहरु महिला तथा बालबालिका, जिल्ला कृषि विकास र पशुसेवा कार्याल्य धादिङले यस आर्थिक बर्षमा सञ्चालन गरेका विभिन्न योजना तथा कार्यक्रमको संयुक्त अनुगमन गरेपश्चात कार्यालय प्रमुख चितवन पुगेका हुन् ।

दुईदिने अनुगमन कार्यक्रमको क्रममा बुधबार सदरमुकाम धादिङबेसीबाट करिब १२ बजे निस्किएको अनुगमन टोली काठमाडौं सीमानाको धुनीबेसी नगरपालिकामा सञ्चालित कार्यक्रमको अनुगमन गरेर बास बस्न चितवन पुगेको खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org