ताजा समाचार

धराप थाप्ने सरकार, पीडा भोग्ने सर्वसाधारणः झंकनाथ टोलाईरहेका थिए, श्रीमती बेहोस थिईन

काठमाडौं, साउन । एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रीमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार बिहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको दृश्य हो यो ।

गत शुक्रबार आपरान्ह बर्षाको भेलले बगाएर मृत्यु भएकी १० बर्षीया विनिताका बाबु हुन्, झंकनाथ । आईतबार नेपालटार पुग्दा झंकनाथ, उनकी श्रीमती र आफन्त मात्र होईन पुरै टोल शोकमग्न थियो । बेहोस झंकनाथकी श्रीमती घरीघरी निन्द्राबाट ब्युँझिएझैँ उठेर एउटै शब्द दोहोर्याईरहेकी थिईन् मेरी छोरी ।

राजधानीको सडकमा बर्षाको भेलले बगाएर १० बर्षिया छोरी गुमाएका झंकनाथको टोलाई र मौनतामा पुत्री वियोगको पीडा मात्र होईन, सरकारप्रति आक्रोश समेत थियो । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org