ताजा समाचार

कारवाही गर्नुपर्ने विवादास्पद डीएसपी सञ्जीव शर्मा दासको एसपीमा बढुवा सिफारिस

काठमाडौं, ३ साउन । प्रहरी प्रधान कार्यालयले बलात्कारपछि हत्या घट्ना अनुसन्धानमा लापरवाही गरेको आरोप लागेका डीएसपी सञ्जीव शर्मा दासलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । दासमाथि कारवाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले दिएको रायसहितको सिफारिस भने प्रहरी प्रधान कार्यालयको कानुन शाखामा थन्किएको खबर आजको कान्तिपुरमा छ ।

२०६८ माघ ५ मा रामेछापको साकि सैंपु गाविस १ सिरिसे, कवैटारकी १४ बर्षीया सुन्तली तामाङको बलात्कारपछि हत्या भएको थियो । उक्त घटनामा अनुसन्धानमा अवरोध गरेको आरोपमा दासमाथि कारवाहीको सिफारिस भएको थियो । तर प्रहरी उनको नै बढुवा गराएर पीडित पक्षलाई झन पीडा दिएको पीडित सुन्तलीकी आमा डिल्लीमायाले बताईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org