ताजा समाचार

तनहुँमा एक छिमेकीद्धारा ५४ वर्षीय महिलाको हत्या

तनहुँ, ३ असार । तनहुँमा एक छिमेकीले ५४ वर्षका महिलाको हत्या गरेका छन् । घिरीङ गाउँपालिका वडा नम्बर ४ डुम्रेस्वाँराका २५ वर्षीय भिमबहादुर रानाभाटले डोलमाया रानाभाटको हत्या गरेका हुन् । घरबाट करिव ३ सय मीटर दुरीमा पर्ने बस्तुको गोठमा घाँस दिन गएको मौका छोपी आइतबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रहार नभएको र ढुङ्गा, लाठा प्रयोग गरी हत्या गरेको हुन सक्ने अनुमान गरेको छ ।

हत्यामा संलग्न रानाभाटलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरेर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । घट्ना दमौलीबाट टाढा दुरीमा रहेकोले समयमै सूचना आउन नसकेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org