ताजा समाचार

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक, परीक्षा भदौ ४ देखि हुने (तालिकासहित)

काठमाडौं, ३ असार । स्नातक तह पहिलो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले तीन तथा चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो । मंगलबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै परीक्षा आगामी भदौ ४ देखि २७ गतेसम्म चल्ने भएको छ ।

तीन वर्षे शिक्षा शास्त्र, विज्ञान तथा मानविकीको परीक्षा बिहान ७ देखि १० बजेसम्म तथा चार वर्षे विज्ञान, शिक्षा शास्त्र, व्यवस्थापन तथा तीन वर्षे व्यवस्थापनतर्फको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org