ताजा समाचार

अवैध विद्यालयलाई कारबाही गरेको भन्दै शिक्षा अधिकारीमाथि नासुद्धारा चप्पल प्रहार

जनकपुर, ४ साउन । अवैध निजी विद्यालयलाई कारबाही किन गरेको भन्दै जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक शिक्षा अधिकारीलाई कार्यालयकै नायब सुब्बाले चप्पल प्रहार गरेका छन् ।

सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादवलाई सोही कार्यालयमा विद्यालय प्रशासन फाँटमा कार्यरत नासु अनिलकुमार रायले बिनादर्ता सञ्चालमा रहेका विद्यालयलाई किन कारबाहीको लागि पत्र काटेको भन्दै गाली गलौज गर्दै कार्याकक्षमै झापड र चप्पलले हानेका हुन्।

कार्यालयका अन्य कर्मचारीहरु सो ठाउँमा उपस्थित रहेको अवस्थामा रायले सहायक जिशिअ यादवलाई कुटपिट गरे पनि उनलाई हालसम्म कुनै कारबाही भएको छैन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org