ताजा समाचार

१३ वर्षीया नातिनीको पेटमा बाजेको गर्भ, बलात्कारपछि गर्भ बसेको आरोप

कैलाली, ४ साउन । आफ्नै नातिनीलाई गर्भवती बनाएको आरोपमा एक ६५ वर्षीय बृद्ध पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकतानगर मुक्तकमैया शिविरका ६५ वर्ष मानबहादुर चौधरी आफ्नै १३ वर्षीया नातिनी गर्भवती बनाएको आरोपमा पक्राउ परेका हुन् । बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले चौधरीलाई पक्राउ गरेको हो।

कामका लागि बालिकाका बाबुआमा काठमाडौं गएका बेला हजुरबाले नातिनीसँग शारीरिक सम्बन्ध राखेर गर्भवती बनाएको रहस्य खुलेको बाल हेल्पलाईन सिविनका कार्यक्रम संयोजक माधव लोहनीले जानकारी दिए । सिविनमा परेको उजुरीका आधारमा लोहनी नेतृत्वको टोली एकतानगर शिविर पुगेको थियो ।

बाजेले जबरजस्ती करणी गरेको बालिकाले समेत स्वीकार गरेको लोहनीले बताए । काठमाडौंमा काम गर्न गएका बालिकाका आमाबुबा स्थानीय तहको चुनावताका मतदानका लागि घर आएका थिए । आमाबुबाले छोरी अप्रत्यासित रुपमा मोटाइरहेको देखेपछि सोमबार टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए।

अस्पतालले बालिकाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको बताएपछि बाजेले बलात्कार गरेको रहस्य खुलेको लोहनीले जानकारी दिए । प्रहरीले वृद्धलाई मंगलबार नै पक्राउ गरी जबरजस्तीकरणी मुद्धा दर्ता गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org