ताजा समाचार

राजपाभित्र विवाद चुलिदैंः एकले अर्कालाई कारबाही गरेको घोषणा

विराटनगर, ४ साउन । मोरङको नेतृत्व गर्ने विषयमा विवाद चुलिएको छ । अध्यक्षमण्डलका दुई समहुले एकले अर्कोलाई कारबाही गरेको घोषणा गरेका छन् । अध्यक्षमण्डलमा सदस्य राधे कामतले सोमबार पत्रकार सम्मेलन गरी आफुलाई अध्यक्षमण्डलको संयोजनक घोषणा गरेका थिए ।

भोलिपल्टै मंगलबार अध्यक्षमण्डलका संयोजक मोहम्मद कादिर समुहले पत्रकार सम्मेलन गरी कादिर नै संयोजक रहेको भन्दै कामतलाई कारबाही सिफारिस गर्ने जनाएको छ । यसअघि कामतले आफुलाई संयोजक दावी गर्दै कादिरसहित केही केन्द्रीय नेतालाई कारबाही गरेको घोषणा गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org