करौडौं खर्च गरेर भत्काइएका छाउगोठ फेरि धमाधम ठडिए
सुर्खेत, ६ साउन । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए । रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो । आजको अन्नपूर्ण पोस्टमा खबर छ । त्यस क्रममा करौडौं रकम खर्चेर गाउँका ज्यानमारा छाउगोठ भत्काइए । तर, अभियान सेलाउँदै गएपछि छाउगोठ अहिले धमाधम ठडिन थालेका हुन् ।
छाउगोठ भत्काउँदा दैलेखमा मात्र तीन करोड रकम खर्च भएको थियो । यो गैरसरकारी संस्थाको हिसाब हो । उक्त अभियानमा साविकका गाविस, जिविस र महिला तथा बालबालिका कार्यालयले पनि रकम खर्च गरे । सुर्खेतमा पनि तामझामका साथ अभियान सञ्चालन भएको थियो ।
एक गाविसलाई ‘छाउपडीमुक्त’ घोषणा गर्दा नै सात लाख रुपैयाँसम्म खर्च भएको गैरसरकारी संस्थाको दाबी छ । सरकारी निकायले गरेको हिसाब जोड्ने हो भने सुर्खेतमा पनि करोडौं रकम खर्च भएको देखिन्छ । तर, ठूलो रकम खर्चंदै छाउगोठ भत्काएर मुक्त घोषणा गरिएका स्थानमा हिजोआज पुनः छाउगोठ बिउँतिन थालेका हुन् ।
दाताले रकम उपलब्ध गराउन छाडेपछि गैरसरकारी संस्था (एनजीओ) हरू अभियान छाडेर फिर्ता भइसकेका छन् । त्यससँगै सरकारी निकायले चासो दिएका छैनन् । अभियान नै हराएपछि छाउपडीमुक्त घोषणा गरिएका स्थानमा पुनः निर्माण हुने क्रम बढेको हो ।
अभियानका बेला गाउँमा छाउगोठ भत्काउन नेतृत्व गरेका महिला नै हिजोआज छाउगोठमा फर्किएका छन् । करौडौं खर्च गरेर घरभित्र ल्याइएका यहाँका महिलालाई महिनावारीका बेला छाउगोठमै सुताउन थालिएको छ ।
Comments
अरु समाचार
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...
-
मौसमअनुकूल भएसँगै हवाई सेवा सञ्चालन
काठमाडौं । मौसमअनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय...