प्रेम गरेको भन्दै मधेसमा युवायुवती कुटिएपछि कारवाही थालियो
रुपन्देही, ६ साउन । प्रेम सम्बन्धकै कारण रूपन्देहीको मर्चवारका २ युवायुवती निर्घात कुटिएका छन् । सम्मरीमाई गाउँपालिका ६ डिहुली गाउँका मीना यादव र दिनेश लोध निर्घात कुटिएका हुन् । मीना १८ र दिनेश २१ वर्षका हुन् । विवाहितले अन्तरजातीय प्रेमसम्बन्ध राखेर इज्जत फालेको भन्दै मीनाको परिवारले घेरा हालेर उनीहरुलाई लठ्ठी र लात्तीले हिर्काएका थिए ।
घटनामा छिमेकी र स्थानीय प्रतिनिधि मिलेर युवकको परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएकाले दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ जरिवाना लिएको स्थानीयले बताए । घटनापछि दुवैजना आ–आफ्नो घरमा छन् ।
प्रहरीले समेत घटना गुपचुप राखेर मिलाएका बेला स्थानीय एक युवकले बिहीबार भिडियो सार्वजनिक गरेपछि बल्ल बाहिर आएको हो । स्थानीय रमेश कोहारका अनुसार मीना र दिनेश दुवै विवाहित हुन् । बाल विवाह भएकी मीना गौना नगरेका कारण माइतैमा बसेकी थिइन् । उनीहरु पछिल्लो समय नजिकिएका थिए ।
दुईको प्रेम सम्बन्ध रहेको शंकामा मीनाको परिवारले दिनेश घर आएको समयमा दिनेशलाई नियन्त्रणमा लिएका थिए। उनलाई कुटपिट गर्न थालेपछि मीना बचाउन गइन्। त्यही बेला परिवारका सदस्यले मीनालाई पनि लछारपछार गरेका थिए।
एक युवाले मौखिक जानाकारी गराएपछि प्रहरीले कुटपिट गर्ने युवतीका बुवा इन्नरलाई पक्राउ गरेर एक दिन थुनामा राखेको थियो। २० गते मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनियाँ र स्थानीय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए।
रुपन्देहीका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले भने बिगतमा मानसिक रोगको औषधी खाएका अहिर बेहोस हुन लागेपछि प्रहरीले छाडिदिएको बताए। स्थानीय लक्ष्मी यादवले भने आफूहरुले पटक पटक छानबिनमा आग्रह गरेपनि प्रहरीले महिलाको घटना भनेर बेवास्था गरेको बताइन्।
भिडियो बाहिर आएपछि बल्ल रुपन्देही प्रहरीले घटनामा चासो दिएको छ। ‘उतिबेला युवकको बारेमा कुरै आएन। युवतीलाई आफ्नै बाबुले कुटेको उजुरी मात्रै आयो। त्यति ठूलो लागेन’ प्रहरी नायव उपरीक्षक पाण्डेले भने ‘अहिले बल्ल अमानवीय घटना र युवक समेत कुटिएको बारेमा थाहा भयो। अब तत्काल पीडकलाई पक्राउ गरी जिल्लाबाटै घटना अनुसन्धान हुनेछ।’
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...