ताजा समाचार

दाङमा तीब्र गतिमा रहेको स्कुटर दुर्घटना, दुईजनाको घटनास्थलमै ज्यान गयो


दाङ, ६ साउन । दाङमा सकुटर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङबाट एक किलोमिटर उत्तर प्यूठान जाने सडकमा लु ३२ प ९४८ स्कुटर दुर्घटना हुँदा चालक र पछाडी बसेका दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय भालुवाङका हवल्दार अनक जिएमले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउने दुवैजना पुरुष रहेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान हुन सकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org