पत्रकार महासंघमा को–को भिड्दै, यस्तो छ संगठनहरुबीचको तालमेल
काठमाडौ, ६ साउन । आउँदो भदौ ४ र ५ गते हुने नेपाल पत्रकार महासंघ केन्द्रका लागि सम्भावित उम्मेदवारहरु तयारीमा जुटेका छन् । महासंघमा मुख्यतः वामपन्थी एलाइन्स र प्रेस युनियनका उम्मेदवारहरुबीचमै प्रतिष्पर्धा हुँदैछ । यो पटक पनि एमाले र माओवादी केन्द्रनिकट पत्रकार संगठनहरु मिल्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । स्थानीय तह चुनावले ३ पटक सारेको यो चुनावलाई निकै महत्वका रुपमा हेरिएको छ ।
महाधिवेशन मिति नजिक आएसँगै उम्मेदवारहरुको चर्चा सुरु हुन थालेको छ । यसपटक पनि वामपन्थी एलाइन्स कायम भए अध्यक्षका प्रवल दावेदारमा गोविन्द आचार्य वा ओम शर्मा मध्ये एक हुनेछन् । उनीहरु दुवै माओवादी केन्द्रको भातृ संगठन प्रेस सेन्टरका नेता हुन् ।
आचार्य महासंघका पूर्व उपाध्यक्ष र शर्मा पूर्व महासचिव हुन् । केही गरी सेन्टरले प्रेस युनियनसँग तालमेल गरेमा चौतारीबाट कसले अध्यक्षमा उम्मेदवारी दिने भन्नेमा बहस सुरु हुँदैछ । त्यो अवस्थामा बरिष्ठ पत्रकार तीर्थ कोइराला वा चौतारीकै निवर्तमान अध्यक्षहरु गगन विष्ट र राजेन्द्र अर्यालमध्ये एकले टिकट पाउने चर्चा छ । संचारिका समूहकी अध्यक्ष निर्मला शर्माको नाम पनि चर्चामा छ ।
तर यो पटक सेन्टरले नेतृत्व छाडेर युनियनसँग सांठगांठ गर्ने सम्भावना कमै छ । त्यो अवस्थामा चौतारीले कान्तिपुरका पत्रकार बालकृष्ण बस्नेतको नेतृत्वमा आफ्नो टीम चुनावी मैदानमा पठाउने सम्भावना छ । महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत गत महाधिवेशनमा गठबन्धनका तर्फबाट विप्लब माओवादीका उम्मेदवार प्रभात चलाउनेसँग सचिब पदमा स्वतन्त्र प्रतिष्पर्धा गरेका थिए । एक्लै उठ्लाँ पनि उनले ३ सय ६० मत पाएका थिए । उनीभन्दा ५० मत मात्र बढी ल्याई चलाउने विजयी बनेका थिए ।
यसबीचमा एमाले प्रचार विभाग र चौतारीले सेन्टरसँगको वार्तालाई सघन बनाएको छ । प्रचार विभाग प्रमुख योगेश भट्टराईले पहिलो चरणको छलफल चलाउन निर्देशनसहित जिम्मेवारी दिएका छन् । विभागका उपप्रमुख सुर्य थापा, सदस्य प्रमोद दाहाल, चौतारीका अध्यक्ष गणेश बस्नेत, बरिष्ठ उपाध्यक्ष माधव नेपालसहित उक्त संयन्त्रमा छन् ।
एलाइन्स र उम्मेदवारका विषयमा मंगलबार र बुधवार चरणबद्ध छलफल भएको बुझिएको छ । अध्यक्ष सेन्टरलाई समर्थन गरेको अवस्थामा महासचिव, कोषाध्यक्षसहितका प्राय सबै पदाधिकारी पद चौतारीले पाउनेछ । केही साना घटकलाई समेत समावेश गर्ने तयारी समेत रहेको एमाले प्रचार विभागका एक सदस्यले जानकारी दिए ।
चौतारीका अन्य सम्भावित उम्मेदवारहरुमा दिपक पाण्डे, मात्रिका पौडेल, ध्रुव लम्साल, सिद्धराज राई, महेश दास, गोविन्द चौलागाई, रामहरि सिलवाललगायत छन् । महासंघमा यसपटक कार्यसमितिमा रहेका पत्रकारलाई नदोहो¥याउन दवाव परेको बुझिएको छ ।
युनियनबाट भने सभापतिमा यो पटक पनि पोषण केसीकै नाम अग्रपंक्तिमा छ । उनी यसअघि महेन्द्र विष्ट र त्यो अघि शिव गाउलेसँग पराजित उम्मेदवार हुन् । अध्यक्षमै समिरजंग शाह र विपुल पोखरेलको नाम पनि आएको छ । त्यसो त कान्तिपुरका पत्रकार हरिबहादुर थापालाई अध्यक्षको मैदानमा ल्याउन युनियनका केही पदाधिकारी लागेका छन् । तर, थापाले अस्वीकार गरेको बुझिएको छ । अन्य पदमा भने युनियनले रामप्रसाद दाहाल, दिलिप थापामगर, प्रकास थापा, राजेश मिश्र, दिपक आचार्यसहितलाई अघि बढाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...