ताजा समाचार

नाकाबन्दीपछि दार्जिलिङलाई नेपालीको साथ, नुत तेल लिन नेपाली बजार धाउँदै


इलाम, ८ साउन । बजार ठप्प छ । तैपनि बिहानदेखि बेलुकैसम्म भारतीय ग्राहकको भीड घट्दैन । खाद्य पसलेलाई नुन तेलदेखि दाल चामलसम्म बेच्न भ्याइ नभ्याइ छ । पिठ्युँमा, घोडामा र निजी सवारी साधनमा चामल, चिउरा, चाउचाउ र तेलका पोका देखिन्छन् । मूल सडकभन्दा वरपरका कच्ची सडकमा यो भीड अझ बढी देखिन्छ ।

भारतको पश्चिम बंगालमा चलिरहेको आन्दोलनको सोझो असर पशुपतिनगर बजार परेको छ । अन्य सबैजसो पसल बन्द छन् । तर, खाद्यान्न पसलमा भने जति बेलै भरिभराउ ग्राहक हुन्छन् ।

बिहान बेलुका चाहिने खाद्यान्न लिन भारतीय नागरिक दिनहुँ पशुपतिगर आइरहेका छन् । आमहडतालका कारण गाडी नचल्ने भएकाले भाारतीय ग्राहक घण्टौ धाएर पशुपतिनगरबाट खाद्यान्न ओसारीरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org