ताजा समाचार

मधेसमा फेरि ब्युँतियो मधेस एक प्रदेशको मुद्दा, मातृका यादवको सक्रियतामा आन्दोलन गर्ने

काठमाडौं, ९ साउन । मधेसवादी पार्टीले छाडिसकेको समग्र मधेस एक प्रदेशको मागलाई सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेताको पहलमा व्युँताइने भएको छ । समग्र मधेस एक प्रदेशको मुद्दा व्युँताउन भन्दै माओवादी केन्द्रको भातृ संगठन राष्ट्रिय मुक्ति मोर्चाका संयोजक तथा हेर्डक्वार्टर सदस्य मातृका यादवको सक्रियतामा ‘मधेसी भ्वाइस एसेम्बली’ गठन भएको छ ।

शनिबार काठमाडौंमा एक भेला आयोजना गर्दै यादवसहितका नेताले समग्र मधेस एक प्रदेशको माग पूरा गराउन आन्दोलनको तयारीमा जुट्न आह्वानसमेत गरेका छन् । नवगठित संगठनमा यादवका साथै मधेसवादी पार्टीका नेताहरुसमेत रहेको आजको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org