ताजा समाचार

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रसारणमा रोक, नेपालीभाषी थप आन्दोलित

सिलुगढी, ९ साउन । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवा एक महिना अघिदेखि नै प्रतिबन्ध छ ।

भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिङका नेपालीभाषी थप आन्दोलित बनेका छन् । बंगालकी मुख्यमन्त्री ममता बनर्जीको ‘पहाडमा जसरी पनि शान्ति ल्याउने’ अभिव्यक्ति आएलगत्तै उक्त टेलिभिजन बन्द गरिएको हो ।

गोर्खाल्यान्ड माग गर्दै जारी आमहडताल शनिबार ३८ दिन पूरा गर्दा निकै प्रभावशाली ठानिएको एबिएन च्यानल बन्द गरेपछि आन्दोलनरत दलले त्यसको कडा शब्दमा विरोध गरेका हुन् । उक्त टेलिभिजनले आन्दोलनलाई उत्तेजित बनाउने सामग्री प्रसारण गरेको भन्दै बन्द गराएको सरकारले जनाएकाे छ ।

सिलगुडीबाट प्रसारण हुने टेलिभिजनले गान्तोक, असम र दिल्लीमा समेत कार्यालय राखेर कार्यक्रम प्रसारण गर्ने गरेको थियो । उक्त च्यानलले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोराको लगानीमा सञ्चालन हुँदै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org