ताजा समाचार

जोर्डनस्थित इजरायली दूतावासमा गोली चल्यो, २ जनाको मृत्यु

काठमाडौं, ९ साउन । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा २ जनाको ज्यान गएको छ । इजरायली दूतावासमा पसेका दुईजना जोर्डनी नागरिकले गोली चलाएको प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घटनामा एक इजरायली र एक जोर्डनी नागरिक घाइते भएका छन् । दूतावासले प्रयोग गर्दै आएको आवासीय भवनमा आक्रमण भएको हो । गोली चलाउनुको कारण अहिलेसम्म स्पष्ट भएको छैन । सुरक्षाकर्मीले दूतावास आफ्नो नियन्त्रणमा लिएका छन् र त्यहाँका इजरायली अधिकारीलाई सुरक्षित स्थानमा सारिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org