ताजा समाचार

पहिरोले तिब्बत जोड्ने भोटेकोसीमाथिको लार्चा पुल पुर्ण रुपमा भत्कियो

सिन्धुपाल्चोक, ९ साउन । अविरल वर्षासँगै दुगुनामा गएको पहिरोले चीनको तिब्बत जोड्ने तातोपानीस्थित भोटेकोशीको लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पूर्ण रुपले भत्काएको हो । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।

पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको ढिस्कोले दुई टुक्रा भएपछि साविकको तातोपानी गाविसपट्टिका बासिन्दासँग जिल्लासँग एक्लिएका छन्। उनीहरु बाह्रबिसे ओर्लिन सो पुल तर्ने गर्थे। पहिरोका कारण स्थानीय त्रस्त बनेका सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले जानकारी दिए । ‘रातको समय भएकाले स्थानीयलाई सकभर सुरक्षित भएर रहन आग्रह गरेका छौं,’ उनले भने।

तिब्बतबाट भोटेकोशीमा सन् १९६७ र १९८२ आएको बाढीले पनि लार्चा पुल बगाएको थियो। त्यतिबेला तिब्बती क्षेत्रका अन्य तीन पुल बगेका थिए। यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org