ताजा समाचार

केयुकेलको कामः आफ्नो कमजोरी बाहिर आउने डरले सुटुक्क अनुगमन

ललितपुर, १० साउन । काठमाडौं उपत्यका खानेपानी बोर्डले आफ्नो कमजोरी बाहिर आउने डरले सुटुक्क अनुगमन गरेको छ । बोर्डले प्रत्येक सोमबार उपत्यकाका हाउजिङ, अपार्टमेन्ट, उद्योगलगायत निजी बोरिङ, खानेपानी ट्यांकर तथा शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बारे अनुगमन गर्दै आएको छ ।

बोर्डले अन्य दिन मिलाएर होटल, रेस्टुरेन्टले उपयोग गरिरहेको खानेपानीको स्थितिबारेमा अनुगमन गर्न थालेको खबर आजको कान्तिपुरमा छ । आर्थिक व्यवस्थापनबाहेक उपभोक्ता हितका लागि गरिने अनुगमन सम्बन्धित निकायका कर्मचारीसँगै उपभोक्तावादी, सञ्चारकर्मी पनि अनुगमनमा लैजानुपर्ने उपभोक्ता बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org