रुसले अफगान तालिवानलाई हतियार उपलब्ध गराएको दाबी, अमेरिका झनै चिडियो
काठमाडौं, ११ साउन । रुसले अफगानिस्तानका तालिवान लडाकुलाई हतियार उपलब्ध गराउँदै आएको आरोप लागेको छ । तालिवान लडाकुले नै आफूहरुले रुसबाट हतियार पाउँदै आएको खुलासा गरेका हुन् । सीएनएनले तयार पारेको एक रिपोर्टमा तालिवान लडाकुले रुसी सरकारी स्रोतबाट आफूहरुले सैन्य सहयोग प्राप्त गरेको खुलासा गरेका हुन् । रुसले भने उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
यसअघि अफगानिस्तानमा रहेका अमेरिकी उच्च सैन्य अधिकारीले पनि रुसबाट तालिवानलाई सहयोग उपलब्ध हुँदै आएको भनाईलाई आफूले नकार्न नसक्ने बताएका थिए । रुस र अमेरिकाबीच पछिल्लो समय सुमधुर सम्बन्ध छैन । रुसले अमेरिका नेतृत्वमा भएको अफगान युद्धको आलोचना गर्दै आएको छ ।
सीएनएनका अनुसार तालिवान लडाकुका लागि रुसले ताजिकिस्तान र इरान हुँदै हतियार उपलब्ध गराएको तालिवान लडाकुले स्वीकार गरेका छन् ।
Comments
अरु समाचार
-
अफगान मस्जिदमा बन्दुक आक्रमणमा छ जनाको मृत्यु
काठमाडौं । पश्चिमी अफगानिस्तानमा बन्दुकधारीले एक मस्जिदमा आक्रमण गर्दा छ जनाको मृत्यु भएको सरकारका एक प्रवक्ताले मङ्गलबार बताएका छन् ।...
-
कोलम्बिया सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
काठमाडौं । उत्तरी कोलम्बियामा सैनिकहरूलाई आपूर्ति गरेर फर्कने क्रममा सोमबार सेनाको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार नौ सैनिकको मृत्यु भएको...
-
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...