ताजा समाचार

नयाँ मन्त्रीहरूद्वारा सपथ ग्रहण, अब देउवा नेतृत्वको सरकारमा थपिए १९ मन्त्री


काठमाडौं, ११ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन्। बुधबार दिउँसो राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूले सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्री थपिएका छन्।

कांग्रेसबाट थपिने मन्त्रीमा यज्ञबहादुर थापाले कानुन मन्त्रालय, वीरबहादुर बलायरले भौतिक पूर्वाधार र योजना, मोहन बस्नेतले सूचना तथा सञ्चार, सञ्जय गौतमले सिँचाइ, मीन विश्कर्माले वाणिज्य, अम्बिका बस्नेतले गरिबी निवारण र सहकारी, भीमसेनदास प्रधानले रक्षा, रामकृष्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालेका छन्।

माओवादी केन्द्रबाट ६ जना नयाँ मन्त्री थपिएका छन्। माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल स्वास्थ्य मन्त्री बनेका छन्। उनी चौथो पटक मन्त्री बनेका हुन्। महेन्द्रबहादुर शाही ऊर्जा मन्त्री बनेका छन्। त्यस्तै माओवादीका प्रमुख सचेतक टेकबहादुर बस्नेत सामान्य प्रशासनमन्त्री बनेका छन् । त्यस्तै माओवादीबाट शिवकुमार मण्डल आपूर्तिमन्त्री, आशा खनाल कोइराला महिला तथा बालबालिकामन्त्री, सन्तकुमार चौधरी पशुपन्छी विकासमन्त्री बनेका छन्।

नेपाल लोकतान्त्रिक फोरमबाट जितेन्द्रनारायण देव संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । भने गोपाल दहित भूमिसुधारमन्त्री बनेका छन् । नेकपा स‌ंयुक्तका मिथिला चौधरी जनसंख्या तथा वातावरणमन्त्री बनेकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org