भावी आइजीपिका दाबेदार एसएसपी राजेन्द्रमान श्रेष्ठलाई नियतिले ठग्यो, सरकारले बिर्सियो
काठमाडौं, १२ साउन । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा रहेको खबर आजको नयाँ पत्रिकामा छ ।
१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन् । प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा सीधै पाइप जोडेर खुवाउने गरिएको छ ।
श्रेष्ठलाई ‘लक्ड–इन सिन्ड्रोम’ भएको हो । अर्थात् उनी आफ्नोवरपर के भइरहेको छ थाहा पाउँदैनन् । ‘थोरै–थोरै प्रतिक्रिया दिन थाल्नुभएको छ,’ बुधबार प्रहरी अस्पतालमा पत्नी आरधनाले भनिन्, ‘चिन्ने मान्छे आउँदा आँखाले रेस्पोन्स गर्नुहुन्छ ।’ तातो(चिसोको पनि महसुस गर्न थालेको उनले बताइन् ।
बेहोस भएर ढल्दा उनी पूर्व क्षेत्रीय तालिम कार्यालय बिराटनगरमा कार्यरत थिए । पुलिसिङपछि खेलकुद उनको प्रिय क्षेत्र थियो । ब्याटमिन्टन, टेबुलटेनिस तथा फुटबलका प्रतिस्पर्धामा उनी नियमित भाग लिइरहन्थे । प्राय पहिलो, दोस्रो नै हुने गरेका थिए । ‘खेलकुद जितेर आउदा सधैं पार्टी दिनुहुन्थ्यो,’ आराधना सम्झिन्छिन् ।
तालिम केन्द्रमा सरुवा भएपछि पनि उनले खेलकुद गतिविधिलाई प्राथमिकतामै राखेका थिए । १५ साउनको बिहान धरानमा ब्याडमिन्टन कोर्टमै ढलेका उनी अहिलेसम्म उठ्ने संघर्षमै छन् । प्रहरीका भावी आईजिपीका एक प्रमुख दाबेदारका रुपमा मानिएका उनलाई नियतीले त ठग्यो नै, राज्यले समेत बिर्सिएको छ ।
‘बिरामी भएकै कारण प्रमोसन नै नदिएला भन्ने लागेकोे थिएन,’ आराधना भन्छिन्, ‘यसले झन् हामीलाई पीडा थपिएको छ ।’ बिरामी भएकै कारण बढुवा दिन नमिल्ने प्रावधान प्रहरी नियमावलीमा छैन । तर, गत साता १५ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्दा पनि श्रेष्ठ सूचिमा परेनन् । श्रेष्ठ बढुवामा छुटेपछि उनका परिवार र आफन्त दुःखी छन् ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












