ताजा समाचार

प्रधानमन्त्री देउवा भदौ ८ मा भारत भ्रमणमा जाने, कुनै नयाँ सम्झौता भने नहुने


काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण गर्ने भएका छन् । भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा भने तय हुन बाँकी रहेको छ। प्रधानमन्त्री देउवा भ्रमणको लागि कुन दिन आउने त्यस बारे निधो भएको छैन्, श्रोतले जानकारी दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतकालागि नेपाली राजदूत दीपकुमार उपाध्याय र विदेश मन्त्रालयबीच मंगलबार भएको छलफलपछि यो मिति तय भएको हो। श्रोतका अनुसार भारतीय पक्षले नै अनुकुलता अनुरुप अगस्त ८ गतेको मितिबारे प्रस्ताव गरेको थियो। प्रधानमन्त्रीको रुपमा देउवाले यो तेश्रो भारत भ्रमण हुनेछ।

प्रधानमन्त्रीको आसन्न भ्रमणमा विगत केही समयदेखि गृहकार्य भइरहेको सानातिना चारपाच वटा विषयगत सम्झौता हुने सम्भावना रहेको दूताबास श्रोतले जनाएको छ। पूननिर्माण तथा पारवहनको विषयमा केहि संझौता हुने सम्भावना रहेको यो भ्रमणमा माइलस्टोन हुने खालको संझौता भने हुँदैन्, श्रोतले भन्यो। आसन्न भ्रमण दुर्इ मुलुकबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन समीक्षा तथा द्धिपक्षिय संयन्त्रहरुलार्इ सक्रिय बनाउने विषयमा केन्द्रित हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org