ताजा समाचार

नीतिशकुमार लालु यादवलाई छाडेर मोदीतिर ढल्किए, आजै सरकार बनाउने

काठमाडौं, १२ साउन । भारतीय राज्य विहारको मुख्यमन्त्री नितिशकुमारले राजीनामा दिएपछि राजनीतिक समीकरण परिवर्तन भएको छ । राजनीतिक समीकरणसँगै सरकार पनि परिवर्तन हुँदैछ । बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका नीतीशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गर्ने भएका छन् । उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी ९भाजपा०सँग मिलेर सरकार गठनको तयारी थालेका हुन् ।

बिहारका भाजपा नेता सुशील कुमार मोदीका अनुसार बिहीबार १० बजेका लागि सपथ ग्रहण गर्न नीतीश कुमारलाई राजभवनमा आमन्त्रण गरिएको छ । उनका अनुसार १ सय ३२ विधायकको समर्थनसहित नीतीशकुमारले सरकार गठनको दाबी गरेका थिए । सोही आधारमा उनलाई कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीले सरकार गठनका लागि अनुमति दिएका हुन् । बिहारमा नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेडको बिहार विधानसभामा ७१ विधायक छन् भने भारतीय जनता पार्टीको ५३ र राष्ट्रिय जनता दलको ८० विधायक छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org