ताजा समाचार

त्रिशूली नदीमा ट्रिपर खस्दा चालकसहित ट्रिपर बेपत्ता, खोजीकार्य जारी

धादिङ, १२ साउन । ट्रिपर त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ को बिहानीपम्प नजिकैबाट बिहीबार बिहान बा ४ ख ५१४६ नम्बरको ट्रिपर त्रिशूली नदीमा खसेको हो । ट्रिपर त्रिशूली नदीमा खसेर बेपत्ता भएको हो ।

ट्रिपरको खोजी भइरहेको तर वर्षाका कारण नदीको बहाव बढेकाले केही समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिए । ट्रिपरमा चालक काले दमै बाहेक अरु कतिजना थिए भन्ने खुलेको छैन । ट्रिपरसँगै चालक पनि नदीमा बेपत्ता भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org