जनार्दनजस्तै इन्ट्री मार्दै उर्जामन्त्री महेन्द्र शाही भन्छन्, ‘मर्न तयार हुनुस् नभए राजिनामा गर्नुस्’
काठमाडौं, १२ साउन । नवनियुक्त ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नडराएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बुधबार पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्कम कार्यक्रममा मन्त्री शाहीले यसअघिका उर्जामन्त्री जनार्दन शर्माको जस्तैगरी इन्ट्री मारेका छन् । उनले कर्मचारी निर्देशन दिदैं भने, ‘काम गर्दै जाँदा मुद्धा पर्ला र जेल जानु पर्ला भनेर नडराउनुस्,’ मन्त्री शाहीले भने, ‘देशका लागि अब मर्न पनि तयार हुनुस्’ मन्त्री शाहीले भने ।
उनले आफ्नो घर निर्माण गर्ने क्रममा जेल जानुपर्यो भने त्यो घृणित कार्य भएपनि राष्ट्र निर्माणमा जेल जानुपर्यो भने त्यो गौरबको विषय भएको बताएका थिए । मन्त्री शाहीले लामो समय विद्युत आयोजनाहरु अघि बढाउन रोकेर फाइदा लिने तत्व अहिले पनि देशमा सक्रिय रहेको भन्दै कर्मचारीहरुलाई खुट्टा नकमाउन निर्देशन दिए ।
‘खुट्टा कमाउनुहुन्छ भने आजै राजीनामा दिनुस्, रिटायर्ड हुनुस् । तर, काम गर्ने आँट छ भने अब म तपाईहरुको साथमा छु’ उनले भने । आउँदो हिउँदमा बिद्युत आपुर्ति सहज गराउनका लागि लोड म्यानेजका साथै चुहावट घटाउन पर्ने मन्त्री शाहीले बताए । प्राबिधिक चुहावट नियन्त्रण तत्काल अघि बढाउने उनको भनाइ छ ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक २२ अङ्कको गिरावट, कारोबार रकम तिन महिना यताकै न्यून
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि...
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...