ताजा समाचार

कालो धन जम्मा गरेको आरोपमा पाकिस्तानी प्रधानमन्त्री शरीफ दोषी ठहर, अब पद छाड्नुपर्ने

काठमाडौं, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पानामा पेपर लिक्स मामिलामा दोषी ठहर गरेको छ । यससँगै उनी प्रधानमन्त्री पदका लागि अयोग्य भएका छन् । अब उनले राजीनामा दिनुपर्नेछ ।

कालो धन जम्मा गरेको आरोपमा सरिफ दोषी ठहर भएको बीबीसीले जनाएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु एजाज़ हसन, एजाज़ अफ़जल, सईद शेख, आसिफ़ सईद खोसा तथा गुलज़ार अहमदको बेच्नले नवाजलाई दोषी ठहर गरेको हो ।

न्यायाधीश खोसा तथा गुलजारले पनामा पेपर्सको शुरुआती निर्णयमा प्रधानमन्त्री नवाज शरीफ़को पहिला नै अयोग्य ठहर गरेको थियो । यी तिनै जना न्यायाधीशले यो मामिलामा थप जाँच गर्न आदेश दिएको थियो । तर अब पाँचैं जना न्यायाधीशले नवाजलाई दोषी ठहर गरेको हो । सर्वोच्च अदालतले नवाजसँगै उनकी छोरी तथा ज्वाईलाई पनि दोषी ठहर गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org