ताजा समाचार

अस्ट्रेलियाको एक विमानमाथि गर्न खोजिएको आतंककारी आक्रमण प्रहरीद्धारा विफल

काठमाडौं, १५ साउन । अस्ट्रेलियन प्रहरीले एक विमानमाथि गर्न खोजिएको आतंककारी आक्रमण असफल पारेका छन् । आतंककारीले एक विमानमा आतंककारी आक्रमण गर्ने तयारी गरेको आशंकामा प्रहरीले कारवाही अभियान गरेको प्रधानमन्त्री माल्कम टर्नबुलले जानकारी दिए । यसक्रममा प्रहरीले आतंककारीको योजना असफल पार्न सफल भएको अस्ट्रेलियाका अधिकारीले बताएका छन् ।

प्रहरीले सिड्नीमा गरेको कारवाही अभियानको क्रममा आक्रमणको योजना बनाएको आशंकामा चारजनालाई पक्राउ गरेको छ । आतंककारीले विस्फोटक उपकरण प्रयोग गरी विमानमा क्षति पुर्‍याउने तयारी गरेको सूचनाका आधारमा कारवाही अभियान सुरु गरिएको र आतंककारीको प्रयास असफल पार्न सफल भएको प्रधानमन्त्री टर्नबुलले बताए । अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारीको र सिड्नीसहित देशभर आतंककारी विरुद्धको अभियान तीब्र पारिएको बिबिसीले उल्लेख गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org