ताजा समाचार

आममाफी पछि पनि गैरकानूनी कामदार भेटिए साउदीमा साढे १३ लाख रुपैयाँ जरिवाना

काठमाडौं, १५ साउन । साउदीमा आममाफीको समयपछि पनि गरैकानूनी रुपमा काम गरेको भेटिए कडा सजाय हुने भएको छ । साउदी सरकारले मार्च महिनादेखि ९० दिनको आममाफीको समय दिएको थियो । यो समय सकिएपनि आममाफीको प्रक्रियामा रहेका तर पूरा नभएकाहरुलाई लक्षित गर्दै एक महिनाको समय थप गरिएको छ ।

आममाफीको प्रक्रिया पुरा भएपछि पनि गैरकानूनी कामदार भेटिए ५० हजार रियाल (झण्डै १३ लाख ५० हजार रुपैयाँ) जरिवाना र ६ महिना जेल सजाय हुने भएको छ । आममाफीको समयमा पनि वैधानिक नभएर अवैधानिक अवस्थामै काम गरेको पाइएमा जरिवाना र जेल सजाय हुनेछ । सजायपछि ‘डिपोर्ट’ गरिने साउदीको पासपोर्ट विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org