ताजा समाचार

राष्ट्रपतिकी छोरीले भित्री वस्त्रमात्र लगाएर स्तनपान गराइरहेको फोटो सार्वजनिक गरेपछि…

काठमाडौं, १५ साउन । यतिबेला किर्गिस्तानका राष्ट्रपतिकी कान्छी छोरी निकै चर्चामा सछन् । राष्ट्रपति अल्माज्बेक अतामबाएभकी कान्छी छोरी आलिया सगिइभाले भित्री वस्त्रमात्र लगाएर स्तनपान गराइरहेको फोटो सार्वजनिक भएपछि उनी चर्चामा आएकी हुन् । अर्को रोचक प्रसंग त के भने सतनपान गराईरहेको फोटोले यतिबेला स्तनपान र यौन गतिविधीबारे विवाद सुरु भएको छ ।

सगिइभाले गत अप्रिलमा सोसल मिडियामा उक्त फोटो पोष्ट गरेकी हुन् जसमा उनले लेखेकी छिन्, ‘छोराको आवश्यकता हेरेर म उसलाई जुनसुकै र जतिबेला पनि दुध चुसाउनेछु ।’ उनको यस्तो व्यवहारलाई अनैतिक व्यवहारको संज्ञा दिइएको छ । उनले बीबीसीसँगको कुराकानीमा महिलाको शरिरलाई ‘हाइपर सेक्सुअलाइज्ड’ गर्ने भएकाले आफूमाथि यस्ता टिका–टिप्पणी आइरहेको बताइन् ।

‘जुन शरिर मलाई दिइएको छ, त्यो ‘भल्गर’ होइन । यो एक कार्यात्मक हो, जसको उद्देश्य छोराको भावनात्मक आवश्यकतालाई पूरा गर्नु हो, कामूकताको रुपमा हेरिनु होइन,’ उनले बीबीसीसँग भनिन् । उनको फोटोमाथि सामाजिक संजालका प्रयोगकर्ताले मात्र नभई उनका परिवारले पनि नकारात्मक टिप्पणी गरे । उनका बुवा अल्माज्बेक अतामबाएभ र आमा रईसा पनि छोरीले फोटो सार्वजनिक गरेपछि रुष्ट छन् ।

‘उहाँहरुलाई पटक्कै मन परेन । र म यो कुरा बुझ्छु किनभने युवा पीढि आफ्ना आमा–बुवाभन्दा कम रुढिवादी हुन्छन्,’ सगिइभाले राजधानी बिस्केकमा रहेको आफ्नो घरको प्राङ्गणमा बताइन् । सगिइभा सोसल मिडियामा निकै एक्टिभ छिन् । उनले आफ्नो आर्टवर्क, उनका छोरा, श्रीमान र उनी आफैंको स्टाइलमा खिचिएका फोटोहरु हाल्ने गर्दछिन् ।

स्तनपान दोहोरिरहने विषय हो । ‘जब म आफ्नो छोरालाई स्तनपान गराइरहेकी हुन्छु तब मैले सोच्छु कि मैले उनलाई सबैभन्दा उत्कृष्ट कुरा दिइरहेकी छु । मानिसले मलाई के भन्छ भनेर सोच्नुभन्दा पनि आफ्नो छोरालाई केयर गर्नु र उनको आवश्यकता पूरा गर्नु मेरो लागि महत्वपूर्ण छ,’ उनले भनिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org