ताजा समाचार

एमालेले १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका उम्मेदवार टुंग्यायो

काठमाडौं, १५ साउन । एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । बैठकमा अध्यक्ष ओलीले हालै चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

रामेछापः प्रमुख-प्रेमबहादुर खड्का, उपप्रमुख-दीपा पाख्रिन, रसुवा: प्रमुख-कुलप्रसाद भट्ट, उपप्रमुख-छोपेमा तामाङ्नी, मकवानपुर: प्रमुख-रघुनाथ खुलाल, उपप्रमुख-भगवती पुडासैनी, भक्तपुर: प्रमुख-नवराज गेलाल, उपप्रमुख सरिता कुँवर,  डोल्पा: प्रमुख-शेरबहादुर बुढा, सल्यान: उपप्रमुख-कुलबहादुर गिरी, कालिकोट: प्रमुख-प्रेमबहादुर शाही, उपप्रमुख-सरिता आचार्य, जाजरकोट: प्रमुख-गोरे कार्की, उपप्रमुख-कमलादेवी शाही, हुम्ला: उपप्रमुख-खगेन्द्र कार्की, सुर्खेत : प्रमुख-टोपबहादुर राजकोटी, उपप्रमुख- दीपा मल्ल, मुगु : प्रमुख-पुर्णबहादुर रोकाय, उपप्रमुख-कर्णशिला मल्ल, खोटाङ : प्रमुख-बबी चाम्लिङ, उपप्रमुख-गोमा खत्री, इलाम: प्रमुख-गणेश बराल, उपप्रमुख-चित्रकला बराइली, बझाङ : प्रमुख-खड्गबहादुर खड्का, उपप्रमुख-भागिरथी अवस्थी जोशी ।

काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने एमालेले जनाएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org