ताजा समाचार

थप प्रतिबन्ध लगाएको अमेरिकाका ७५५ कुटनीति कर्मचारीलाई रुस छोड्न पुटिनको आदेश

काठमाडौं, १६ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७५५ अमेरिकी कुटनीतिक कर्मचारीलाई रुस छाड्न आदेश दिएका छन् । अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिच तनाब बढिरहेका बेला पुटिनले यस्तो आदेश दिएका हुन् । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका हुन् । अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनको आदेश छ ।

ती सबै अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ । सात सय ५५ कुटनीतिज्ञले छाडेपछि रुसमा अमेरिकी कुटनीतिक कर्मचारीको संख्या चार सय ५५ हुनेछ । अमेरिकाको वासिङटनमा रुसी कुटनीतिक कर्मचारीको संख्या पनि चार सय ५५ नै छ । आधुनिक समयमा कुनै पनि देशबाट फिर्ता पठाइएका कुटनीतिक अधिकारीको यो संख्या अहिलेसम्मकै उच्च रहेको बिबिसीले जनाएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिकाको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अमेरिकी तल्लो तथा माथिल्लो सदनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि दुई देशबिचको सम्बन्धमा थप कटुता आएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org