ताजा समाचार

दक्षिण कोरियाको बंगुरफर्ममा कार्यरत एक नेपालीको मृत्यु

सोल, १६ साउन । दक्षिण कोरियामा एक नेपालीको ज्यान गएको छ । इपीएस मार्फत १५ महिनाअघि कोरिया पुगेका धादिङका २५ वर्षीय माङ तामाङको ज्यान गएको हो । ख्यङपुक गुन्वी स्थित बंगुरफर्ममा कार्यरत तामाङको उपचारको क्रममा अस्पत्तालमा ज्यान गएको हो । यस गत मे मा बंगुरफर्मबाट निष्किएको ग्याँसको असरबाट सोही फर्ममा कार्यरत २३ बर्षीय छबिलाल चौधरीको ज्यान गएको थियो ।

उक्त घटना घटेको दुई महिना नपुग्दै तामाङको पनि ज्यान गएपछि नेपाली कामदार त्रसित बनेका छन् । तामाङ केहिदिनदेखि अत्यधिक ज्वरो आउने, वाकवाकी लाग्ने र पखालाबाट ग्रसित भई अस्पताल भर्ना गरिएका थिए । उनी गत बिहीबारदेखि अचेत थिए । चिकित्सकका अनुसार उनलाई खतरनाक किटाणुले टोकेको र त्यसको उपचार नभएका कारण ज्यान गएको हो ।

कोरियास्थित नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले भने यसविषयमा अस्पतालबाट र कम्पनी मालिकबाट मृत्युको जानकारी आएको तर प्रहरी प्रतिवेदन नआईसकेका कारण यस बिषयमा सबै कुरा भन्न नसकिने र नेपालमा रहेका परिवारलाई कुटनीतिक रुपबाट छिट्टै जानकारी गराईने प्रष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org