ताजा समाचार

भेनेजुएलामा चुनावका क्रममा हिंसा भड्किँदा उम्मेदवारसहित कयौं व्यक्तिको मृत्यु


काठमाडौं, १६ साउन । भेनेजुएलामा संविधानसभा चुनावका क्रममा हिंसा भड्किदा कयौं व्यक्तिको ज्यान गएको छ । चुनावी हिंसामा परी मृत्यु हुनेमा एक जना उम्मेदवार, अर्का एक विपक्षी दलका नेता र एक सुरक्षाकर्मी समेत रहेको समाचार एजेन्सीले जनाएका छन् । विपक्षी दलको विरोधका बाबजुद त्यहाँका राष्ट्रपति निकोलास मडुरोले संविधानसभाको चुनाव गराएपछि चुनावी हिंसा भएको हो ।

चुनाव शुरु हुने बेला सडकहरु प्रायः सुनसान देखिएका थिए । ५४५ सदस्यीय संविधानसभाका लागि ६ हजारभन्दा बढी उम्मेदवार छन् । तर, त्यसमा विपक्षी दल सहभागी भएको छैन । विपक्षीहरुले सत्तामा राष्ट्रपति निकोलास मडुरोको पकड बलियो बनाउने अस्त्र भएको भन्दै मतदान बहिष्कार गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org