ताजा समाचार

भरतपुर वडा नम्बर १९ मा कहिले पुनः चुनाव गराउने भन्नेबारे निर्वाचन आयोगले आज निर्णय गर्दै

काठमाडौं, १६ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा अब कहिले चुनाव गराउने भन्नेमा निर्वाचन आयोगले आज निर्णय गर्ने भएको छ । पुनः मतदान गराउन आफ्नो निर्णय सर्वोच्च अदालतको फैसलाबाट सदर भएपछि निर्वाचन आयोगले आज पुनः मतदानबारे निर्णय गर्ने भएको हो ।

सर्वोच्चको आदेश अनुसार आज पुनः मतदानबारे निर्णय गरिने आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । यसअघि आयोगले गत जेठ २० गते भरतपुर– १९ मा पुनः मतदान गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धाको आईतबार फैसला भएको थियो । उक्त फैसला अनुसार आगोगले आज निर्णय गर्न लागेको हो ।

भरतपुरको १९ नम्बर वडामा २८६० मत खसेको थियो। यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरि तीन वटा मतदान केन्द्र रहेको छ। वडा नम्बर १९ को १८०९ भोट गनिसक्दा ७३३ मतले देवीको अग्रता थियो, जतिबेला मतपत्र च्यातियो। किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org