ताजा समाचार

भरतपुर प्रकणबारे धारणा बनाउँदै एमाले, स्थायी समिति बैठक बस्दै

काठमाडौं, १६ साउन । भरतपुर प्रकरणबारे धारणा बनाउन एमाले स्थायी समिति बैठक बस्दैछ । सर्वोच्च अदालतले भरतपुरमा पुनः मतदान गराउन दिएको आदेश, मुलुकको पछिल्लो अवस्था लगायतका विषयमा छलफल गर्न एमाले स्थायी समिति बैठक बस्न लागेको हो । काठमाडौंको धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा समग्र विषयमा छलफल हुनेछ ।

भरतपर महानगरपालिकाको एउटा वडामा पुनः मतदान गराउन सर्वोच्चबाट आएको फैसलाका विषयमा छलफल हुने एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । सर्वोच्च अदालतले आइतबार भरतपुरको एउटा वडामा पुनः मतदान गराउन आदेश दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org