ताजा समाचार

अमेरिकाले उत्तर कोरियाको परमाणु खसाल्न सक्ने मिसाइल परिक्षण गर्यो

काठमाडौं, १६ साउन । अमेरिकाले आफ्नो विवादित परमाणु विरोधी प्रणालीको सफलतापूर्वक परिक्षण गरेको छ । कोरियाली प्रायद्वीपमा बम खसाल्ने लडाकू विमान बी–१ ले पनि उडान भरेको अमेरिकाले जनाएको छ । अमेरिकाको यो सैन्य अभ्यासलाई उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफको रुपमा हेरिएको छ ।

अमेरिकी वायुसेनाको तर्फबाट फायर गरिएको परमाणु अलास्कामा टर्मिनल हाइ एटीट्यूड एरिया डिफेन्स (थाड) को यूनिटले रोक्ने काम गर्यो । बीबीसीका अनुसार दक्षिण कोरिया र जापानी विमानसँग मिलेर अमेरिकाले बम खसाल्ने लडाकू विमान बी–१ सँग अभ्यास गर्यो ।

उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालेस्ठिक मिसाइलको परिक्षण गरेको थियो जसबारे यो दाबी गरिएको थियो कि यसले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्छ । उत्तर कोरियाले उक्त परिक्षणको ठिक तीन हप्ता पहिले पनि एक परमाणुको पहिलो पटक परिक्षण गरेको थियो ।

चीनले विरोध गरेतापनि अमेरिकी सेनाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम थाड तैनाथ गरेको थियो । यसको उद्देश्य उत्तर कोरियाको तर्फबाट फायर गरिएको परमाणुलाई निस्तेज पार्नु हो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार उत्तर कोरियाको मिसाइल परिक्षणबारे चुप लागेर बसेको भन्दै चीनको आलोचना गरेको थियो ।

ट्रम्पले आफ्नो ट्वीटमा भनेका थिए, ‘म चीनसँग रिसाएको छु । अतितमा हाम्रा मुर्ख नेताका कारण चीनले हामीसँगको व्यापारमार्फत अर्बौं रकम कमाए । यति हुँदा हुँदै पनि मानिसहरु उत्तर कोरियाको हतियारको कार्यक्रममा चुप छन् । म अब यस्तो पक्कै पनि हुन दिनेछैन ।’ पूर्व कूटनीतिज्ञ र चीनियाँ सरकारका सल्लाहकार भिक्टर गाओले भने, ‘ट्रम्पको बयान बेकारको छ । अमेरिकाको व्यवहार एक रिसाएको बच्चाजस्तै छ ।’

चीन र उत्तर कोरियाको सीमा मिल्छ । दुबै देशबिच आर्थिक सम्बन्ध पनि छ । पूर्वमा चीनले उत्तर कोरियाको परमाणु परिक्षणको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको थियो । यस्तोमा अमेरिकाको तर्फबाट गरिएको सैन्य अभ्यास उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफ दिनको लागि गरिएको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org