मेलम्ची खानेपानीको काम किन ढिलाई ? काठमाडौं आउन अब कति बाँकी ?
काठमाडौं, १७ साउन । लगातारको वर्षाका कारण मेलम्ची खानेपानीको पाइप बिछ्याउने कार्य रोकिएको छ। मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का अनुसार एक महिनादेखि पाइप बिछ्याउने काम रोकिएको हो। वितरण सञ्जाल सुधार (डिएनआई) अन्तर्गतको पाइप बिछ्याउने काम अवरुद्ध भएको खबर आजको नयाँ पत्रिकामा छ ।
सडक हिलो हुने भएकाले रोकियो
वर्षामा सडक भत्काउँदा हिलो हुने भएकाले तत्कालका लागि काम रोकिएको पिआइडीका वरिष्ठ इन्जिनियर तथा प्रवक्ता लीलाप्रसाद ढकालले बताए। ‘वितरण सञ्जाल सुधारअन्तर्गतको पाइप पानी वितरणका लागि उपभोक्ताको घर–घरमा जडान गरिने पाइप हो। यो बिछ्याउने काम अहिले रोकिएको छ,’ उनले भने, ‘लगातार पानी परेको छ। सडक खन्दा हिलो हुन्छ। सर्वसाधारणले सास्ती भोग्नुपर्ने भएकाले काम रोकिन पुगेको हो।’
६१० किमि पाइप बिछ्याइसकियो
पिआइडीका अनुसार वितरण सञ्जाल सुधारअन्तर्गत ६ सय ७० किमि पाइपमध्ये ६ सय १० किमि पाइप बिछ्याइसकिएको छ। ‘वितरण सञ्जालअन्तर्गत ९१ प्रतिशत काम सकिएको छ। वर्षा सकिएलगत्तै यो काम सुरु हुन्छ। मंसिरभित्र बाँकी सबै काम सकिनेछ,’ ढकालले भने।
२ दशमलव ३ किलोमिटर सुरुङ खन्न बाँकी
मेलम्ची खानेपानीको सुरुङ खन्न अब २.३ किमि मात्रै बाँकी छ। खनिनुपर्ने २७.५८४ किमि २५.२८४ किमि सुरुङ खनिसकिएको छ। सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाका अनुसार अहिले दैनिक १६ देखि १७ मिटर सुरुङ खन्ने काम हुँदै छ। यही रफ्तारमा काम भए १५ असोजमा मेलम्चीको पानी काठमाडौं आउन मुस्किल देखिन्छ। ‘सुरुङ खन्ने काम रोकिएको छैन। अब २.३ किमि सुरुङ खन्न बाँकी छ। अहिले दुई ठाउँबाट सुरुङ खन्ने काम हुँदै छ,’ आयोजनाका कार्यकारी निर्देशक देवकोटाले भने, ‘ग्याल्थुम–अम्बाथान सुरुङ खन्ने काम तोकिएकै समयमा सकिन्छ। ग्याल्थमु–सिन्धु सुरुङ भने ढिलो हुन्छ। त्यसो हुँदा १५ असोजमा मेलम्चीको पानी काठमाडौं आइपुग्न गाह्रो देखिन्छ।’
ठूलो पाइप बिछ्याउन अब दुई किमि मात्रै बाँकी
पिआइडीले थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गतको पाइप बिछ्याउने काम भने रोकेको छैन। ‘क्रिटिकल’ क्षेत्रअन्तर्गत उक्त काम भइरहेको छ। नारायणगोपाल चोक, चाबहिल, चुच्चेपाटी, गौशाला क्षेत्रलाई पिआइडीले ‘क्रिटिकल’ क्षेत्र मानेको छ। त्यसमध्ये गौशालामा भने काम करिब–करिब सम्पन्न भइसकेको छ। ‘ठूला पाइप बिछ्याउने काम स्थगित गरिएको छैन। पानी परे पनि प्रत्येक राति छाता ओढेरै यो काम भइरहेको छ। भदौभित्र सबै काम सक्ने हाम्रो लक्ष्य छ,’ प्रवक्ता लीलाप्रसाद ढकालले भने। पिआइडीका अनुसार थोक वितरण प्रणाली (बिडिएस) अन्तर्गत ६० किमिमध्ये ५८ किमि पाइप बिछ्याइसकिएको छ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












