ताजा समाचार

डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक स्कारामुची नियुक्त भएको १० दिनमै बर्खास्त

काठमाडौं, १७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सञ्चार निर्देशक एन्टनी स्कारामुचीलाई बर्खास्त गरिएको छ । सञ्चार निर्देशकमा नियुक्त भएको १० दिन नपुग्दै स्कारामुची बर्खास्त भएका हुन् । स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तरवार्ताका कारण उनी बर्खास्त भएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्पले भने ‘ह्वाइट हाउसका लागि एक महत्वपूर्ण दिन’ भएको ट्विटरमा उल्लेख गरेका छन् ।

एक धनी वित्तीय लगानीकर्ता समेत रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषा प्रयोग गरेका थिए । स्कारामुचीको नियुक्तिपछि उनलाई काम गर्न सहयोग होस् भनेर ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले राजीनामा दिएका थिए । त्यसपछि अशिष्ट भाषा प्रयोग गर्दै उनले ह्वाइट हाउसका प्रमुख कर्मचारी साइन्स प्रिबसमाथि खनिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org