ताजा समाचार

धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्दा ३ जना घाइते, २ को अवस्था गम्भीर

धादिङ, १७ साउन । धादिङको हुग्दीखोला पुलबाट ट्रक खस्दा २ जना गम्भीर घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित हुग्दीखोला पुलबाट ना ६ ख ४७३८ नम्बरको डिब्बा ट्रक खसेको हो । काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ५ त ९१५६ नम्बरको ट्रयाक्टरलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक सिन्धुपाल्चोकका प्रकाश श्रेष्ठ र सहचालक दिलीप सापकोटा तथा ट्याक्टरमा सवार धादिङका निरज चेपाङ घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको जोगीमारा प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org