ताजा समाचार

पूर्वराजा शाह आज नाती नातीनालाई घुमाउन थाइल्याण्ड जाँदै, निर्मल निवासमा पारस एक्लै बस्ने

काठमाडौं, १८ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह आज थाइल्याण्ड जाने भएका छन्। मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा ३ दिन उपचारपछि डिस्चार्च भएका शाह परिवारसहित थाइल्याण्ड जान लागेका हुन्। उनी थाइ एयरवेजको विमानबाट दिउँसो साढे १ बजे थाइल्याण्ड जान लागेको निर्मल निवास श्रोतले जनाएको छ ।

उनको साथमा पूर्वरानी कोमल र निजी सचिव सागरराज तिमल्सिना तथा केही सहयोगीहरूसँगै जाने भएका हुन्। पूर्वराजा ज्ञानेन्द्र नाती नातीनालाई घुमाउन बैंकक जान लागेका हुन्। यसअघि असार २२ गते पूर्वयुवराज्ञी हिमानी, छोरा हृदयेन्द्र, छोरीद्वय कृतिका र पूर्णिकालाई सँगै लिएर थाइल्याण्ड गइसकेकी छन्।

बिदा मनाउन सबै जना थाइल्याण्ड जना लागेको निर्मल निवास स्रोतले जनाएको छ । स-परिवार विदा मनाउन थाइल्याण्ड जाने रहर भएपछि पूर्वराजपरिवार थाइल्याण्ड गएको हो,’ निर्मल निवास उच्च स्रोतले भन्यो, ‘करिब दुई साताको भ्रमणपछि नेपाल फर्कने कार्यक्रम छ।’ स-परिवार थाइल्याण्ड गएपछि पूर्वयुवराज पारस मात्र निर्मल निवासमा बस्ने भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org